नियम १२
योजना छनौट तथा सञ्चालन
(१) कोषले आफैं, स्थानीय निकाय, स्वयंसेवी संस्था वा सामुदायिक सङ्गठनसँगको सहकार्यमा वा स्थानीय निकाय, स्वयंमसेवी संस्था वा सामुदायिक सङ्गठन मार्फत् कोषको उद्देश्य हासिल हुने गरी नयाँ नेपाल निर्माण गर्ने अभियानको रुपमा विभिन्न योजना सञ्चालन गर्नेछ ।
(२) कोषले उपनियम (१) बमोजिम योजना सञ्चालन गर्ने प्रयोजनको लागि त्यस्तो योजनाको आवश्यकता र औचित्य, प्राविधिक तथा आर्थिक पक्ष र हासिल हुने उपलब्धि समेतका विषयमा अध्ययन अनुसन्धान गरी सिफारिस समितिको सिफारिसका आधारमा उपयुक्त योजनको छनौट गरी सार्वजनिक गर्नेछ ।
(३) उपनियम (२) बमोजिम छनौट भएका योजनाहरुमध्ये आफैं सञ्चालन गर्ने वा स्थानीय निकाय, स्वयंसेवी संस्था वा सामुदायिक सङ्गठनको सहकार्यमा सञ्चालन गर्ने वा नियम १३ बमोजिम प्रस्ताव पेश गर्ने स्थानीय निकाय, स्वयंसेवी संस्था वा सामुदायिक सङ्गठन मार्फत् सञ्चालन गराउन सक्नेछ ।
(४) कोषले यस नियम बमोजिम योजना सञ्चालन गर्दा स्थानीय जनताको सहभागिता नहुने योजनामा लगानी गर्ने छैन ।
(५) कोषले आफैं कुनै योजना सञ्चालन गर्ने भएमा त्यस्तो योजना उपयुक्त सरकारी निकाय मार्फत् सञ्चालन गर्नेछ ।